‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक( ट्रेलर सहित)

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ ।शुक्रबार सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले सिनेमा राजनीति र प्रेमको समिश्रण रहेको संकेत गरेको छ।

असोज २४ गते रिलिज हुने सिनेमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा निर्देशक लामाको कथा रहेको छ ।

यस्तै कथालाई अभिनेता दिपकराज गिरीले पटकथाको रूप दिएका हुन् भने संवाद लेखनमा उनले केदार प्रसाद घिमिरे, जितु नेपाल तथा अभिमन्यू निरवीसँग सहकार्य गरेका छन्।

सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लले सम्पादन रहेको छ ।

सिनेमालाई आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस तथा आईएमईले निर्माण गरेको हो।

ads

ads