विकासका लागि तीव्र गति चाहिएको छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको यात्रा सुशासन र विकासतर्फको भएको भन्दै यस मार्गमा तीव्र गतिका साथ अघि बढ्नु जरुरी रहेको बताएका छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज टुँडीखेलमा आयोजित कार्यक्रममा ओलीले परिस्थिति बदलिएको र कामका प्राथमिकता पनि फेरिएको बताए । “हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।

निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, वेरोजगारी, पछौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं,” उनले भने, “आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर छौं । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यह

ads

ads