देशभर ‘कबड्डी कबड्डी कबड्डी’

काठमाडौँ । शुक्रबारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो

हिट फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेलको रुपमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’ दर्शकमा राम्रो क्रेज भएकाले पनि एकल प्रदर्शन अवसर पाएको हो ,रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले देशभरका मल्टीप्लेक्स र सिङ्गल थियटर दुबै कब्जा गरेको छ । मल्टीप्लेक्समा यो फिल्मलाई अहिलेसम्मकै सर्वाधिक सोज दिइएको छ ।

बिहिबार साँझ जय नेपाल चलचित्र भवनमा फिल्मको प्रिमियर समेत गरिएको थियो । कलाकार र रङ्गपत्रकारको बाक्लो उपस्थिती रहेको प्रिमियरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । स्वजातीय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ ।

बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।

दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।

ads

ads