डेंगुबाट सबैभन्दा प्रभािवत चितवनमा यसका बिरामीहरू घट्दै जानथालेका छन् । जनस्वास्थ्य कार्यालय चितवन र भरतपुर अस्पतालले दिएको जानकारी अनुसार भदौको अन्तिम हप्तासम्म आउँदा बिरामीको संख्यामा केही कमी भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम के.सी.का अनुसार भदौ दोस्रो र तेस्रो हप्तामा भन्दा चौथो हप्तामा बिरामीको संख्यामा केही कमी भएको छ । उनले अस्पतालहरुमा बिरामीको संख्या पनि कम हुँदै गएकोले डेंगुको असर विस्तारै घट्दै गएको बताए । ‘भरतपुरका ठूला र साना अस्पतालहरुबाट भदौ अन्तिम हप्तामा लिएको तथ्याङ्कमा बिरामीको संख्या कमी भएको पाइएको छ’ भेक्टर कन्ट्रोल निरीक्षक के.सी.ले भने, ‘अब यसको प्रभाव कम हुँदै गएको विष्लेषण गर्न सकिन्छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस्