सत्तारुढ नेकपा संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आज बोलाउनु भएको छ। दिउँसो ३ बजे ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न दलको बैठक बोलाएको जनाइएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले फाल्गुण २३ गते संसद् बैठक आह्वान गर्नु भएको छ।

ads

ads