नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगे

काठमाडौं, फागुन २१ दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्। हानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उनी शुक्रबार बिहान १२ बजेतिर कलंकी आइपुगेका छन्।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको ती अधिकारीले बताए।

ads

ads