विप्लव नेतृत्वको नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला सरकारकासँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका छन् । उनलाई माथिको निर्देशन बमोजिम काभ्रे प्रहरीले रिहा गरेको हो ।

शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए ।

बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

ads

ads