ताप्लेजुङ दोभान बजारमा आगलागी, ४९ घर जले

विराटनगर, फागुन १८ ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ४९ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै ४९घर जलेर नष्ट भएको छ ।

‘अहिलेसम्म ५५ वटा घर पूरै जलेको डाटा आएको छ’, उनले भनिन्,‘यो संख्या थोरै तलमाथि हुनसक्छ।’ ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिनुभयो ।

ads

ads