चीनियाँ सरकारले आठ लाख खोप अनुदानमा उपलब्ध गराउने


चीनियाँ सरकारले नेपाललाई कोभिडविरुद्धको आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा तीन लाख, र त्यसपछि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा चीनियाँ सरकारले गरेको छ ।

‘कोभिड– १९ विरुद्ध नेपालको लडाइलाई समर्थन गर्न चीन सरकारले अनुदानमा नेपाललाई खोप दिने भएको हो । ‘चिनियाँ राजदूतावासले सोमबार साँझ आफ्नो फेसबुक पेजमार्फत उक्त कुराको जानकारी दिएको थियो । चीनमै उत्पादन गरिएको सिनोफार्म खोप चिनले दुई चरणमा गरि ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको चिनियाँ दूतावासका एक अधिकारीले बताएका छन । अर्को छिमेकी भारतले अनुदानमा दिएको दश लाख डोज खोप अहिले प्रयोगमा आइरहेको छ ।

ads

ads