‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड, १५ दिनमै करोड पटक हेरियो

 

काठमाडौं । पछिल्लो समय भिडियो साझेदारी साइट युट्युवलाई सांगीतिक लोकप्रियताको मापन गर्ने सूचकको रुपमा लिन थालिएको छ ।

संगीतकर्मीबीच युट्युव ट्रेन्डिङदेखि सर्वाधिक पटक हेरिने मापदण्डमा प्रतिस्पर्धा हुन थालेको छ । मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको ‘फुलबुट्टे सारी’लाई रिलिज भएको १८ दिनमा करोडभन्दा बढीले हेरे ।

 

अब, यो गीतले युटुबमा सवैभन्दा छोटो समयमा राखेको रेकर्डलाई ‘टाढा भएपनि’ बोलको गीतले तोडेको छ । यो गीतलाई युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज मिलेको छ । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको हो ।

उक्त गीतलाई अब भने पल शाह र मलिका महतले अभिनय गरेको ‘टाढा भएपनि’ म्युजिक भिडियोले उछिनेको छ। अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युट्युवमा १५ दिनमै १ करोड पटक हेरिएको हो । अभिनेता शाहले आफू अभिनित गीतले रेकर्ड राखेको भन्दै सामाजिक संजालमार्फत खुशि व्यक्त गरेका छन् ।

यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।

 

ads

ads