न्यायाधीश पत्नीको स्कुटरबाट ब्राउन सुगर बरामद

१६ फागुन, काठमाडौं । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् ।

तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं’, दाङका डीएसपी मुकुन्द रिजालले भने, ‘हाल उहाँलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ ।’

ads

ads