माल्दिभ्समा जन्मदिन र म्यारिज एनिभर्सरी मनाउदै प्रियंका

जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । यसैले पनि उनीहरुले हनिमुन यात्रा पनि तय गर्न पाएका थिएनन् ।

प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् ।

ads

ads