बेल्कोटगढी नगरपालिका वडा नं ४ पन्चासेमा भव्य शिव मन्दिर बन्दै

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ पन्चासेमा भव्य शिव मन्दिर बन्ने भएको छ । उक्त मन्दिरको नाम ‘आरूकोटे शिव’ मन्दिर राखिएको छ । उक्त मन्दिर शिवरात्रीको अवसर पारी भक्त जनको लागि खुल्ला गरिदै छ ।

नगरपालिकाको सहयोगमा र गाउँलेहरू को पहलमा मन्दिर बन्न लागेको हो । नगरपालिकाबाट आएको रू २ लाख रकम सहयोग र गाँउलेहरूको सहयोगमा मन्दिर निर्माण हुन लागेको हो ।

उक्त मन्दिर निर्माणका लागि लगभग ९ लाख भन्दा बढि खर्च अनुमान गरिएको छ । मन्दिरका लागि रू ५ हजार भन्दा बढी सहयोग गर्नेहरूको नाम शिलालेखमा राखिने उक्त मन्दिरका निर्माण कमिटीका सदस्य रामसरन सुवेदी ले जानकारी दिनु भयो

उक्त मन्दिर बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमन खनालले अघिल्लो शिवरात्रीका अवसरमा फागुन ९ गतेका दिन शिलान्यास गर्नुभएको थियो ।

ads

ads