‘बाटोमा हिँड्दै गर्दा संविधान संशोधन गरौं भन्यो भन्दैमा संविधान संशोधन हुँदैन’

काठमाडौं । सूचना तथा सञ्‍चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैलाई “बाटोमा हिँड्दै गर्दा कसले के सपना देख्छ अनि संविधान संशोधन गरौं भन्यो भन्दैमा संविधान संशोधन हुँदैन । संविधान रहर लागेर संशोधन हुने विषय होइन । यो आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ ।”

सरकार विरोधी तत्वतर्फ संकेत गर्दै उनले केहीलाई संविधान पूरै मन नपरेको उल्लेख गर्दै भने, “कसैलाई त यो संविधान त पूरै मन परेको छैन । भन्न र गर्नमात्र नसकेका हुन् ।” उनले संविधान परिवर्तनीय दस्तावेज भएको समेत बताए । उनले भने, “परिवर्तन नै नहुने रामायण, कुरान अथावा बाइबल होइन । राष्ट्रको जीवनमा कहीं असर पार्छ भने त्यसलाई संशोधन गर्ने हो ।”

सत्तामा जान लालाहित पनि हुने र संविधान पनि नमान्ने कुरा वर्तमान सरकारका लागि ग्राह्य छैन । उनले भने, “सरकारमा बस्न कसलाई मन लाग्दैन र ? सरकारमा बस्नेले संविधान मान्नुपर्छ र सरकारले पनि संविधानको पूर्णपालना गर्नुपर्छ ।” संविधान सरकारका लागि मात्र होइन जनताका लागि पनि भएको उनले बताए । उनको प्रश्न थियो, “१० औं हजार सपना राति देखिन्छ के अब सपनाका आधारमा संविधान संशोधन गर्ने ?

यसअघि संसदको बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूले संविधान दिवस मनाउन नपाउने ? भन्दै प्रश्न गरेका थिए । राजपाले विगतका वर्षमाहरुमा जस्तै यस वर्ष पनि संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । तर, अर्को मधेसवादी दल समाजवादी पार्टी भने न्यूट्रलमा रहने भएको छ । जसले दिपावली पनि नमाउने र कालो दिन पनि नमनाउने भएको हो । मधेसवादी दलले संविधान जारी भएदेखि नै संशोधनको माग गरिरहेका छन् ।

ads

ads