प्रचण्ड-माधव पक्षको विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-माधव पक्षले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय र्‍याली निकालेको छ । र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने तय भएको छ ।

संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन् ।

ads

ads