प्रचण्ड, नेपाल र झलनाथले गरे देउवालाई फोन

प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्।

मंगलबार बेलुकी प्रचण्ड-नेपाल र खनालको फोन आएको र तीनै जनासँग सभापति देउवाले कुराकानी गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा नेकपाको प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको ठहर थियो।

सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गरेर संविधानको रक्षा गरेको विषयमा नेताहरूका बीचमा छोटो कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सभापति देउवाको कुराकानी नभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो।

ads

ads