प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक बोलायो

काठमाडौं, फागुन १२ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै यस समूहले आज दिउसो ४ बजेका लागि बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बस्ने भएको छ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको उनले जानकारी दिए।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आज चितवनमा हुने भनिएको आमसभालाई स्थगित गरेर उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन्।

ads

ads