चेल्सीले एट्लेटिको म्याड्रिडलाई हरायो

युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा लिडर एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।

मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो।

चेल्सीका लागि फ्रेञ्च फरवार्ड ओलिभर जिरुडले निर्णायक गोल गरे। उनले खेलको ६८ मिनेटमा गोल गरेका थिए।

कोरोना भाइरसका कारण एट्लेटिकोको मैदानमा हुने पर्ने खेल रोमानियामा भएको थियो।

ads

ads