कहिले पुग्ला सबै पालिकाहरूमा प्राविधिक शिक्षाको पहुँच ?

फागुन १२, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो वैठककले ‘दुई वर्षभित्र प्रत्येक स्थानिय तहहरूमा प्रविधिक शिक्षाको पहुँच पुर्याइसक्ने निर्णय गरेको थियो । निर्णय गरेको तीन वर्ष पूरा भइसकेको छ । १ सय ८८ स्थानीय तहहरूमा अझैसम्म पनि प्राविधिक विषयको पठनपाठन हुन सकेको छैन ।

शिक्षा मन्त्रालयले ७ सय ५३ मध्ये ६ सय ३५ स्थानीय तहहरूमा प्राविधिक स्तरको शिक्षण संथा खुलाएको जनाएको छ । उक्त विद्यालयहरूमा एक वर्षमा १५ हजार विद्यार्थीले मात्र पढ्न सक्ने अवस्था थियो । शिक्षण संस्थाको विस्तार गरेर ८५ हजार विद्यार्थी पठनपाठन गराउन सक्ने क्षमता हाल उपलब्ध भएको छ ।

सामुदायिक विद्यालयमा प्राविधिक धारको पठनपाठन गराउन शिक्षा मन्त्रालयले छुट्टै स्वीकृति दिने गरेको छ । अबको अवस्थामा स्थानीयतहहरूले शिक्षाको पूर्वाधार निर्माण गरि शिक्षा मन्त्रालयबाट स्वीकृति लिन र पठनपाठन शुरूवात गर्न सक्ने छन् ।

हाल वाग्मती प्रदेशमा ११९ पालिकाहरू मध्ये १०४ पालिकाहरूमा मात्र प्राविधिक धारको शिक्षा पुगेको छ । हाल नेपाल भर रहेका ७५३ पालिकाहरू मध्ये ६३५ पालिकाहरूमा मात्र प्रविधिक शिक्षाको पहुँच पगेको छ ।

ads

ads