जनताको पक्षमा सर्वोच्च अदालतको फैसला : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला जनताको पक्षमा भएको बताउनुभएको छ ।

मंगलबार साँझ सर्वोच्च अदालतको संबैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताउनुभएको छ । उहाँले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको बताउनुभएको छ ।

संवैधानिक इजलासको फैसलामा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा स्वीकृत भइ जारी गरिएको निर्णय असंवैधानिक भएकोले संवैधानिक र कानूनी रूपमा शून्य हुने गरी बदर गरिएको छ ।’

ads

ads