सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई स्वीकार्य : ईश्वर पोखरेल

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज विहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु अघि बढ्ने बताए ।

पोखरेलले भने, ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन । हामी शक्ति पृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

उनले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने उनले विश्वास व्यक्त गरे । निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह खारेज गर्ने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सूर्य चिन्ह पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।’

ads

ads