मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण शुरू गरिएको छ । साढे २६ किलोमीटर सुरुङमा सोमवार औपचारिक कार्यक्रम गरी पानी भर्न परीक्षण शुरू गरिएको हो ।

खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायतको उपस्थितिमा सुरुङ परीक्षणको शुरुआत गरिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ भरिन १६ दिन लाग्नेछ । पानी परीक्षणको शुभारम्भ गर्दै खानेपानीमन्त्री थापाले पानी काठमाडौं लगेर वितरण गर्न सकिए ठूलो उपलब्धि हुने बताए । चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गराउन आफूले पहल गर्ने उनको भनाइ छ ।

उनले आगामी चैत २५ गतेसम्म सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको जलाशय भरिने बताए । ‘सम्भवतः वैशाखभित्रै पानी वितरण हुन्छ,’ खत्रीले भने ।

ads

ads