चर्चित फिल्म ‘पिके’ को सिक्वेल बन्ने तयारीमा

फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन् ।

अभिनेता आमिर खान र राजकुमार हिरानीको सहकार्यमा ७ वर्षअघि निर्माण भएको चलचित्रको सिक्वेल बन्ने भएको हो । चलचित्रको अन्तिम दृश्यले सिक्वेल बन्ने सम्भावना छाडेको थियो ।

६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्माले अभिनय रहेको थियो । फिल्ममा आमिर ‘एलियन’को भूमिकामा थिए । यसको सिक्वेलमा भने अभिनेता रनवीर कपुर मुख्य भूमिकामा देखिने बताइएको छ ।

स्क्रिप्ट लेखनको काम भइरहेको चलचित्र विधु बिनोद चोपडाले निर्माण गर्नेछन् । फिल्मको स्क्रिप्टको काम सकिएपछि छायाङ्कन थालिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पिकेको अन्त्यमा ‘एलियन’ आमिर जुन ग्रहबाट आएका थिए, त्यहीँ फर्केको देखाइएको थियो । सोही बेला रनवीर कपुर नयाँ ‘एलियन’ पृथ्वीमा झरेको देखाइएको थियो। अब बन्ने सिक्वेलमा रनवीरको कथा समेट्ने निर्माता विधु विनोदले बताएका छन् । यद्यपि उनका अनुसार पटकथा लेखक अभिजित जोशीले अझैसम्म पटकथा लेखेका भने छैनन् ।

ads

ads