प्रचण्ड-नेपाल पक्षको ६८ जिल्लामा नेतृत्व चयन, पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ।

पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ।

हिजो मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ।

 

 

ads

ads