महिलाहरुको कपाल झर्ने कारणहरू र रोकथामका उपायहरू

महिलाहरुको कपाल झर्ने कारणहरू र रोकथामका उपायहरू’डा. प्रकाश आचार्य’ एम. डी छाला रोग बिशेषज्ञका अनुसार यस प्रकार रहेको छ ।

एन्ड्रोजेनेटिक एलोपेसिया यो तत्व महिलामा कम र पुरूषमा धेरै हुने देखिन्छ। तर, पनि महिलामा कम भए पनि पुरूषको तुलनामा महिलामा धेरै यसको कारणले कपाल झर्ने समस्या देखिन्छ ।

प्लेटिलेज टिच्च प्लाज्मा यो हालसालै मात्र अध्यान गर्न थालिएको बिषय हो । यसबाट महिलाको रगत झिकेर प्लाज्मा भन्ने पदार्थलाई टाउकोमा इन्जेक्सन गरिन्छ ।

माइकोनीड्लिङ् को प्रयोगबाट पनि कपाल झर्ने गर्दछ।

टोलिजेन एक्लुवियम ले गर्दा माखिसमा ज्वरो आउने समस्या धेरै देखिन्छ र टिलोचन भन्ने पदार्थले गर्दा कपाल झर्ने गर्दछ ।

पौष्टिक तत्वको कमिका कारण पनि कपाल झर्ने गर्दछ ।

कपाल टाइट गरेर बध्नालेनि पनि कपाल झर्दछ।

तनावको कारणले पनि कपाल झर्ने गर्दछ ।

महिलाहरूको बच्चा जन्मिए पछि पनि कपाल झर्ने गर्दछ ।

एपोलेसिया एटियार यसको कारणले चक्का चक्का भएर कपाल झर्ने गर्दछ।

धेरैले कस्मेटिकको सामानहरूको प्रयोगले पनि कलाप झर्ने गर्दछ ।

कपाल झर्नबाट रोक्ने उपाय

भिजेको बेलामा कपाल कोर्ने गर्नाले रौँ झर्ने र भाँचिने समस्या बढी हुन्छ, त्यसैले भिजेको बेला कपाल कोर्नु हुँदैन।

अनिद्रा पनि कपाल झर्ने समस्याको एक कारण भएकाले रातमा कम्तिमा ६–८ घन्टा निदाउने ।
कहिले ढिलो कहिले चाँडो नगरी, सुत्ने समय सकेसम्म समान बनाउने ।

धेरै पानी खाने, स्वस्थ आहार सेवन गर्ने, पेट सफा राख्ने, र धुलोधुवाँबाट कपाललाई जोगाउने।

अचेल धेरैले मोटरसाइकल प्रयोग गर्छन् । हेल्मेट लगाउँदा पसिनाले कपाल झर्ने समस्या बढ्न सक्छ । त्यसैले गुम्म नहुने खालका, हावा प्रवेश र निकास हुनेखालका हेल्मेट प्रयोग गर्ने । धेरै पसिना आउनेले सुतीको कपडाले कपाल ढाकेर हेल्मेट लगाउने ।

सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको सेवनबाट सकभर टाढा बस्ने ।

मुलेठी र दूधको वा मरिच र कागतीको बिजको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउँदा नयाँ रौं उम्रिन थाल्छ ।

दैनिक रुपमा सलाद, सागसब्जी धेरैभन्दा धेरै खाने ।

तनाव, चिन्ता आदिको उचित व्यवस्थापन गर्ने ध्यान, योग आदि गर्ने ।

-डा. प्रकाश आचार्य एम. डी
छाला रोग बिशेषज्ञ

ads

ads