गोरखाको बारपाक बजारमा घरमै तीन जना मृत फेला

गोरखा । गोरखामा एकै परिवारका तीनजना मृत भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

अन्दाजी ८४ वर्षीय तिलबहादुर गुरूङ, अन्दाजी २० वर्षीया आइतमायाँ गुरूङ र अन्दाजी १२ वर्षीया उषा गुरूङ मृत फेला परेका हुन्। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ।

ads

ads