१४ औं सिजनको बिग बोसको उपाधि रूबिनाले जितिन्

भारतीय रियालिटी सो बिग बोसको १४ औं संस्करणको उपाधि टेलिभिजन कलाकार’रुबिना दिलैक’ले जितेकी छिन् । उक्त उपाधि प्राप्त गरेसँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

१४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।

अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने, अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् ।

सोका सञ्चालकसमेत रहेका अभिनेता सलमान खानले आइतबार राति विजेताको नाम घोषणा गरेका हुन्।

विजेता घोषणा गर्नुअघि सलमानले सबै प्रतिष्पर्धीलाई १४ लाख भारू लिएर सो छोडेर जान सक्ने विकल्प दिएका थिए। उक्त निर्णय गर्न उनीहरूलाई ३० सेकेन्ड समय दिइएको थियो ।

ads

ads