दोस्रो पटक आमा बनिन् करिना कपुर

वलिउड नायिका करिना कपुर आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिएकी छिन् ।

करिना र सैफ अली खान निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।

ads

ads