सुर्खेतमा बर्डफ्लु भित्रियो, झण्डै चारसय कुखुरा र परेवा नष्ट

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि बर्डफ्लु देखिएको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ ।

वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको हो । संक्रमण पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

सुर्खेतमा पनि बर्डˆलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ । बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको छ,’ सूचना अधिकारी चपाईले भने ।

सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली खटिएको छ । निर्देशनालयले पन्छी बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरेको छ ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ । बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाइले बताए ।

ads

ads