बाबुराम भट्टराई उपचारका लागि आज दिल्ली जाँदै, ट्युमर भएको आशंका

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाने भएका छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

डा.भट्टराईको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदिप पाण्डे जाने छन्।

ads

ads