म्यानमारमा सैनिक कू विरुद्धको प्रदर्शनमा दुईजनाको मृत्यु

काठमाडौं। म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ ।

यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।

फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो । म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो ।

ads

ads