शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा पराजित

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले स्तब्ध बनेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई स्तब्ध पार्न लेभान्टेका जोस लुइस मोरालेस र जर्ग डि फ्रुटोसले गोल गरे । वान्डा मेट्रोपोलिटानोमा लेभान्टेले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए ।

एट्लेटिकोले गोलका लागि २८ अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न असफल रह्यो। पराजित हुनुका बाबजुद एट्लेटिको ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ।

तर त्यसपछि भएको अर्को खेलमा रियाल मड्रिडले रियाल भालाडोलिडलाई १–० ले पराजित गर्दै एट्लेटिकोसँगको दुरी तीन अंकमा छोट्याएको छ। तथापि एट्लेटिकोले २३ खेल खेलेको छ भने रियालले २४ खेल खेलेको छ। २२ खेलबाट ४६ अंक जाडेको बार्सिलोना तेस्रो स्थानमा छ।

ads

ads