नेपाली तारा दिपक लिम्बुको “बाटो काटिएला” युट्युवमा रिलिज (भिडियो)

नेपाली तारा दिपक लिम्वुको बाटो काटिएला बोलको म्युजिक भिडियो युट्युवमा रिलिज गरिएको छ । लिम्वुको आफ्नै अफिसियल च्यानलमा उक्त भिडियो शुक्रबार एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ । कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।

भिडियोमा भर्जिन लोकेसनमा दुश्य कैद गरिएका छ । उक्त भिडियोमा भोजपुरदेखी सुनसरी हिंडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकिय नगर चतराको जल यात्रालाई पनि समेटीएको छ ।

तारा प्रकाश लिम्वुको संगित, वि. पाण्डेको शब्द, गोपाल रसाईलीको एरेन्ज रहेको छ । अनिल राणाको सम्पादन रहेको भिडियोमा भीषण राईको निर्देशन रहेको छ ।

ads

ads