विन लादेनका छोरा मारिएको ट्रम्पद्वारा पुष्टि

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आतंककारी संगठन अल कायदाका संस्थापक प्रमुख ओसामा विन लादेका छोरा मारिएको बताएका छन् । उनलाई अमेरिकाले दुई वर्ष अघि विश्वव्यापी आतंककारीको सूचीमा राखेको थियो । ३० वर्षीय हम्जालाई ओसामाका उत्तराधिकारकिो रुपमा आउने धेरैले अनुमान गरेका थिए ।

ट्रम्पका तर्फबाट ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा हम्जा अफगानिस्तान र पाकिस्तानको सीमामा रहेको क्षेत्रमा काउन्टर टेरोरिज्म अपरेसनका क्रममा मारिएको जनाइएको छ । उनी मारिएको कुरा सञ्चार माध्यममा केही अघि नै आएको भए पनि अहिले अमेरिकाले औपचारिक रुपमा पुष्टि गरेको हो । यसअघि अमेरिकाले हम्जाको बारेमा सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा समेत गरेको थियो ।

ads

ads