राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज माइतीघरमा प्रदर्शन

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनर्स्थापनाको माग गर्दै आज काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

‘राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो ।

देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रिएका हुन् ।

नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको जिकिर छ ।

ads

ads