प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको कदमलाई अदालतले सदर गर्ने दाबीः सुवास नेम्वाङ

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले सदर गर्ने दाबी गरेका छन्।

विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै नेम्वाले भने- म त कानुनको विद्यार्थी भएकाले फैसलाअघि केही टिप्पणी गर्न चाहान्न । तर, हाम्रो प्रधानमन्त्री शतप्रतिशत विश्वस्त हुनुहुन्छ प्रतितिनधिसभा विघटन सदर हुन्छ भन्नेमा । अनि मलाई उहाँप्रति साह्रै विश्वास छ ।

उनले भने, ‘मैले त यो बारेमा बोल्न मिल्दैन। तर, प्रधानमन्त्रीज्युले भनिरहनु भएको छ, प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार छ भनिरहनु भएको छ।’ उनले संसदबाट दुई तिहाई बहुमतको सरकारलाई कामै गर्न नदिइएपछि ताजा जनादेशमा जानुपरेको दावी गरे ।

ads

ads