ओपोको नेपालमा ‘ओपो ए–१५एस’ फोन सार्वजनिक

ओपोको नेपालमा ए सिरिज अन्तर्गत ‘ओपो ए–१५एस’फोन सार्वजनिक भएको छ । धेरै क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको यो फोनले प्रयोगकर्तालाई कुनै अवरोध बिना मनोरञ्जन दिने कम्पनीले जनाएको छ ।

फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ । फोन बोक्दा प्रयोगकर्तालाई सहज होस् भनेर पातलो र स्लिक स्टाईलिश डिजाइन गरिएको छ । फोनमा ६.५२ इञ्चको स्क्रिन छ । फोटो खिच्न तीन क्यामराहरु जोडिएको छ । गेम तथा भिडियोको पूर्ण मज्जालिन सकियोस् भन्ने सोचेर ओपोले यसमा ६.५२ इञ्चको वाटरड्रप स्क्रिन प्रयोग गरेको छ । फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधा छन् ।

ओपो ए-१५एसमा रहेका एआई ट्रिपल क्यामराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । १३ मेगापिक्सलको मुख्य, ४ मेगापिक्सलको क्लोज सट लेन्स र २ मेगापिक्सलका म्याक्रो लेन्स छ । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ ।

त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ ।

फोनमा भएको ५ एमपी फ्रण्ट क्यामेराले सेल्फी खिच्न सघाउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लैंगिक, उमेर र भौगोलिक आधारमा उत्कृष्ट फोटो दिन्छ । ओपोका प्रमुख बिक्री केन्द्र मार्फत् देशभर उपलब्ध छ। उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्री ब्ल्यू गरी दुई आकर्षक रंग किन्न पाउँछन् । फोनको बजार मूल्य २१ हजार ९ सय ९० छ ।

ads

ads