महान् वैज्ञानिक अबर्ट आइन्स्टाइनको सफलता

-अबर्ट आइन्स्टाइन

वैज्ञानिक अल्बर्ट आइन्स्टाइन काममा अति नै तल्लीन भएर लाग्थे । उनले जुन कार्य सुरु गर्दथे त्यो कार्य पूर्ण गरेर मात्र छोड्थे । एक पटक आइन्स्टाइन शोधपत्र लेख्ने कार्य सकेर क्लिप (कागज च्याप्ने सामान) खोज्न थाले । टेबुल र दराजका सम्पूर्ण स्थानमा खोजिसक्दा पनि क्लिप फेला पार्न सकेनन् र अन्त्यमा उनले एउटा कुनामा बिग्रेको काम नै नलाग्ने पुरानो पेपर क्लिप देखे । उनले त्यो क्लिपलाई मर्मत गरी काम लाग्ने कसरी बनाउने भन्ने जुक्तिबारे सोच्न थाले र बनाउन थाले ।

एकछिन पछि उनका सहायक पनि आइपुगे । आइन्स्टाइन एउटा पुरानो पेपर क्लिप मर्मत गर्न लागेको देखेर उनले दराजबाट एक बट्टा नयाँ क्लिप निकाले र भने महोदय, हामीसँग प्रशस्त क्लिपहरू छन् । तपाईं पुरानो क्लिप बनाउँदै हुनुहुन्छ । त्यसलाई फालेर नयाँ प्रयोग गरे भइहाल्छ नि ।

आइन्स्टाइनले उनको कुरा सुन्दैनसुनी लगातार त्यसैमा लागेर क्लिप तयार गरी छाडे र शोधपत्र च्यापे । उनले आफ्ना सहायकलाई बोलाएर पिठमा स्यावासी दिँदै भने, ‘बाबु हामी जुन लक्ष्यतिर एकाग्र भएर लाग्छौँ त्यसमा निरन्तर लागिरहनुपर्छ । विचलित हुनुहुन्न । मलाई कसैले पनि आफ्नो लक्ष्यबाट विचलित पार्न सक्दैन ।’

-आइन्स्टाइनको महान बन्ने सूत्र

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो, ‘सर आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंको प्रशंसा गर्छन् । तपाईंलाई महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?’

‘लगन’ आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिएँ तब गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थेँ । मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थ ।

एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ? बस् त्यो दिनदेखि मैले गणितका प्रश्नहरूको समाधान निकाल्न थालेँ । याद राख, म बारम्बार असफल पनि भएँ । साथीहरूले खिल्ली उडाउन छोडेनन् तैपनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्ने छु । यही लगनले मलाई आज यहाँसम्म पुर्याएको छ । लगन नै सफलताको सूत्र हो, गुरुमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।’

लगन नै सफलताको सूत्र हो, गुरुमन्त्र हो ।

ads

ads