शेरबहादुर तामाङ र उषाकला राई दाहाल-नेपाल समूह छाडेर केपी समूहमै फर्किए

काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह परित्याग गरेका छन् ।

शेरवहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् । तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव पक्षमा लागेका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।

ads

ads