म दलित

उसको बानी नै यस्तै बसिसकेको थियो ।

सधैं मलाई हेप्नेे, नराम्रो स्वभाव देखाउने, अनि व्यवहार पनि त उस्तै ।

मसँग निकै पटक सन्कि पनि । तर, मैले चुपचाप सहिरहे । गुमनाम व्यक्तिहरू सायद यस्तै हुन्छन् ।

हिड्दै गर्दा चोट लाग्नु त स्वभाविक हो । तर, खिल नै गाडिनु ?

म निकै गार्‍हो परिस्थितिको सामना गर्दै थिए । उसले देखाएको व्यवहारदेखि, म आफुलाई भित्री मनदेखी नै पछुतो भइरहेको थियो।

फेरि मेरो ऊ बाहेक अरू पनि त कोही थिएनन् साथीहरू ।

मेरो पनि त कोहि नभएका होइनन् । कक्षा-१ देखि व्याजलरसम्म एउटै कलेज, एउटै कक्षामा बसेर हल्ला गर्नेे साथीहरू ।
तर, कामपर्दा अङ्गालो मार्ने र नपर्दा लात्ताले हान्ने धेरै भएपछि मैले पनि त कति सहनु र खै ? ती अमुढ खुट्टाहरूको लात्ती

त्यसैले यहाँ ” राम्रो त यहाँ आफ्नो परिवार भित्रकाले त भन्दैनन भने, अरू त को हो को ” आशा गर्ने ठाउँ पनि त रहेन ।

सकेसम्म त म पनि सबै सँग घुलमिल हुन खोजेको हुँ । म सँग फेरि कुनै उपाय पनि त थिएन । यहाँ त जात पात धर्म संस्कृति कल्चरले नराम्रो सँग कुरीतिहरू यत्रतत्र फैलाइसकेका रहेछन् ।

म एउटा अमुर्त पुरूषले के नै गर्न सक्थे होला र ।

म एकाध दिनपछि एक्लै हुन थालिसकेको थिएँँ । किनकि, मेरो मनले एक्लो आभास गर्न थालिसकेको थियो ।

मैले कताकता बाट जानिसकेको थिए,”बेकारमा गुलाइ चलायो भने, गन्दमात्र पैदा हुने कुरा ! र त्यसले पूरा घर-गाउँ-ठाउँ-समाज र देश नै पूरा दुर्गन्धित बनाइदिने कुराहरू । बजारमाा चलेका हल्लाहरू साथै चित्तबुझ्दो नलाग्नेहरूले बजारमा चलाएका तथाकथित हल्लाहरू । सायदै अरूको लागि यसले कस्तो प्रभाव पार्छ त्यो त आफ्नै ठाउँमा छ । तर, पनि एउटा समाज सबै एकै ठाँउमा भेला भएर म एउटा व्यक्तिको तथाकथित कुराहरूमा हल्ला चलाइरहदाँ ?

साथीहरूको नामले चिनिनेहरू त ५०० जना भन्दा बढि थिएँ । तर, म ४९९ जनाको मन नपर्ने – हेप्नकै लागि कलेजमा हजारौं पैसा तिरेर बसेको एउटा परिचित पात्र थिएँ । मास्टरले पनि त मलाई निकै हेप्ने, समान व्यवहारको पाठ पढाउने मास्टर, भेदभाव गर्नु हुन्न, हामी सबै समान हौं भनेर पढाउने मास्टरहरू पनि त यहाँ मुर्ख नै थिए । किनकि, चुरोट खानु हुन्न भन्दै चोकको चिया पसलमा बसेर चुरोट तानिरहेेेेका मास्टरहरू र अगाडिबाट झोला बोकेर विद्यालय जाने विद्यार्थीहरू तर, कसैले पनि सर किन आफुले चुरोट तानेर, अरूलाई किन चुरोट पिउनु हुन्न भनेर पढाउनुभयो भनेर पढाउने मास्टरलाई केही भन्न नसक्दा । त्यहीँबाट अनेकौं प्रश्नहरू विद्यार्थीको मानसपटलमा खडा भएका हुन । विना उत्तरका प्रश्नहरू ।

त्यसैले त मलाई दलित भएकै कारण ११/१२ मा पनि फेल गराइदिए । खाने, बस्ने ठाउँमा पनि कहिल्यै जान दिएनन् । बाटो छेउमा कुरेर लात्तीहान्नेेहरूको पनि त यहाँ कुनै कमी थिएन । दोहोर्याएर पढ्दा पनि त जस्ट पासमा नै मेरो भविष्य प्रति ठुलो खेलवाड गरिदिए । शिक्षाको उज्यालो प्रकाश छर्ने ठाउँमा मलाई शिक्षाकैै कारणले बत्ती बलिरहेको अध्यारो कोठा बनाइयो ।

म निकै दिकदार, निराश, निरिह, निर्लज्ज भइसकेको थिएँँ । किनकि, हामी एउटै गाउँ, ठाउँ, समाज र एउटै रीतिरिवाजमा बस्न हुने लवाइ खवाइ पनि त एकै प्रकारको लगाउन, खान हुने । यहाँ मैले बनाएको भाडामा खाना पकाएर खान पनि त हुने तर, मैले त्यहीँ भाडा छोएमा त्यो समाजलाई न चल्ने । पानी नचल्ने, अन्न नचल्ने हामीहरूले नै सिलाएको कपडा लगाउन हुने तर, हामीले छोएको केही पनि चल्न र चलाउन न हुने । यो समाज अचम्मको रहेछ ।

हो म दलित हुँ । मलाई दलित हुनुमा पनि गर्भ छ । त्यसमा पनि मानव भएर अरूको सेवा गर्न पाएकोमा । हो म निकै धन्य छु । कृतज्ञ पनि छु । तर, समाजले म माथि देखिएको छुवाछूतपूर्ण व्यबहार, समाजका अल्पसंख्यक मानिसहरू पिछडिएका छन्। यसको मुख्य कारण पनि त यहीँ नै हो जस्तो लाग्छ । किनकि, हामी सबै समान भएका भए आज यस्तो परिस्थिति पक्कै पनि आउने थिएन ।

यहाँ हर जो कोहि स्वतन्त्र हुन चाहान्छ । स्वतन्त्रताका साथ आफ्नो जीवन निर्वाह गर्न चाहान्छ । त्यसैले हामीले पनि आफ्नो हक अधिकार र स्वतन्त्रताको पक्षमा किन राके र्यालि न निकाल्ने र के हामी समाजका सजीव प्राणी होइनौं र ? “हामीले गरेका हरेक प्रयासहरूलाई यदि माटोमा नै विलिन गरिदिनु थियो भने, किन यति धेरै प्रयास गरायौं” बाबा हामीलाई । यदि हामीले लढेर पनि न्याय नपाउने रहेछौं भने, किन यति धेरै लडायौं हामीलाई ?

यो स्वार्थी समाज गुमनाम हरूको मात्र रहेछ ? सायद सोझाहरूको त यो महासंग्राम नै रहेछ ।

यी सबै कुराहरू सुनिसकेपछि एकजना बुढा मानिसले भन्नुभयो । बाबू !

” ठूलो मानिस थरिथरिका हुन्छन् । असल मानिस भने एकथरीको मात्र हुन्छन् । त्यसैले तिमी ठुलो हुनपट्टी नलाग्नु, असल मानिसहुन पट्टि लाग्नु”

सायद सत्य यहीँ नै रहेछ । ” भन्थे मलाई पनि भगवान चित्रमा होइन, चरित्रमा बस्छन्, त्यसैले आफ्नो आत्मलाई मन्दिर बनाउनु ”

-सुजन तिमिल्सना

ads

ads