केवल टिभी व्यवसायीले दिए वर्ल्डलिंकविरूद्ध उजुरी

केवल टेलिभिजन व्यवसायीहरूले इन्टरनेट तथा टेलिभिजन सेवा दिंदै आएको वर्ल्डलिंक विरुद्ध उजुरी दिएका छन्। वर्ल्डलिंकले कानुन विपरीत नेट टिभीको सेवा दिएको भन्दै व्यवसायीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन्‌।

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा सेटअप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्नु पर्ने र स्वीकृत भए बमोजिम विभिन्न स्वदेशी तथा विदेशी टेलिभिजन च्यानलहरू वितरण गर्ने प्रयोजनका लागि मात्र आइपिटिभी नेटवर्क प्रयोग गर्नुपर्ने लगायत विभिन्न शर्त भए पनि एनआइटिभीले शर्त विपरीत काम गरेको महासघंको आरोप छ।

वर्ल्डलिंकले भने कानुनअनुसार अनुमति लिएर सेवा दिइरहेको प्रष्टीकरण दिएको छ। कम्पनीका प्रवक्ता लक्ष्मण यादवले सरकारबाट लिएको लाइसेन्सबाटै नयाँ सेवा दिइएको बताए।

कम्पनीले विश्वमा आएको नयाँ प्रविधि उपभोक्तालाई दिएको र उपभोक्ताहरू त्यसमै आकर्षित भएपछि व्यवसायीविरूद्धमा गएको कम्पनीको बुझाइ छ।

ads

ads