तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको सेयर

काठमाडौं। ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल्सले आज शुक्रबार सेयर बाँडफाँड गरेको हो।
कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए।

कुल आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक क्यापिटल्सले बताएको छ।

यसैगरी, बिक्री खुलाइएको ३४ लाख ९६ हजार चार सय कित्तामध्ये एक लाख ७४ हजार आठ सय २० कित्ता सेयर समुहिक लगानी कोषलाई र ६९ हजार नौ सय २८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।

ads

ads