विद्यार्थी कुट्ने एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा

दाङको देउखुरीको राजपुर गाउँपालिका ७ मा विद्यार्थी कुट्ने एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकले विद्यार्थीलाई गणित विषयको परीक्षामा शून्य नम्बर ल्याएको भन्दै कक्षाकोठामा कुटेको बताइएको छ। शिक्षक विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको शिक्षक विकलाई बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरीले जानकारी दिएको छ ।

शिक्षक विकविरुद्ध विद्यार्थीका अभिभावकले किटानी जाहेरी गरेका थिए । उक्त जाहेरीको आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । केही समय अगाडि शिक्षक विकले विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो ।

ads

ads