सन्दीप आईपीएल अक्सनमा बिकेनन्

काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन। आज भारतको चेन्‍नईमा भएको अक्सनको पहिलो चरणमा लामिछानेलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो। लामिछानेको आधार मूल्य ४० लाख भारतीय रूपैयाँ रहेको थियो।

तर, कुनै पनि टोलीले उनलाई भित्र्याउन नचाहेपछि उनले आगामी सिजन आईपीएल खेल्न नपाउने भएका हुन् । यद्यपि, अर्को चरणमा कुनै टोलीले भित्र्याउन सक्नेछन् । सन्दीपले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । उनले दिल्लीका लागि ९ खेलमा १३ विकेट लिएका थिए ।

ads

ads