काठमाडौं । चीनमा विकास गरिएको कोरोनाविरुद्धकाे खोपलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरोसेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ ।
चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ ।
नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ । भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा यो खोप लगाउने क्रम जारी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्