‘नेपाल लोक स्टार’मा पुरुष प्रतिस्पर्धी मात्रै बाँकी,

काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’मा अब आठ जना प्रतिस्पर्धी बाँकी छन् । बिहीबारको प्रस्तुतीका आधारमा शुक्रबार मुना अर्याल बाहिरिएपछि आठ जना प्रतिस्पर्धी बाँकी रहेका हुन् । मुना उत्कृष्ठ नौसम्म आइपुग्ने एकमात्रै महिला प्रतिस्पर्धी हुन् । अब ‘नेपाल लोक स्टार’मा पुरुष प्रतिस्पर्धी मात्रै बाँकी छन् ।

चितवनकी मुना अर्यालले प्रतियोगितामा माली गाईको, रातो छलेकीमा, सिमसिमे पानीमा, रौसी खान जाम्, माझी दाइ, पानको पात, भैंसी लड्यो है, हे साइँला, रेलै घुेर, सुनको जन्तर लगायत गीत आएर दर्शक तथा स्रोताको मन जित्दै आएकी थिइन् ।
परिवारिक पृष्ठभूमी सांगीतिक नभएकी मुना चितवनका स्थानीय रेडियोमा लोक गीतका कार्यक्रम चलाउँदै आएकी छिन् ।

टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको छ । प्रतियोगितामा अब रामकुमार नेपाली, रवीराज शाह, चेतन गोतामे, प्रभुराज पाण्डे, शनी विश्वकर्मा, विनोद दनुवार, पविन्द्र सुनार र दीपेन्द्र राई बाँकी छन् ।

३६ औं श्रृंखलासम्म प्रशारण हुने कार्यक्रमको २४औं श्रृंखलदा प्रशारण भइसकेको छ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

ads

ads