प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा देखिने दाह्री ग्याङका युवाहरूसँग भेट गर्नु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र दाह्री ग्याङका युवाहरूबीच बुधबार साँझ भेट भएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राख्दै दाह्री ग्याङसँगको भेटबारे जानकारी दिएका छन्। उनले लेखेका छन्- राष्ट्रका लागि युवा- दाह्री ग्याङसँगको भेट।
राष्ट्रका लागि युवा- दा-ही ग्याङसँगकाे भेट । pic.twitter.com/h9CTcHbZLS
— Surya Thapa (@ThapajiSurya) February 18, 2021
उक्त भेटमा सहभागी भएका युवा लेनिन बिष्टले राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरूले प्रधानमन्त्रीलाई भेटेको बताए।
‘यो अभियानमा युवा डाक्टर, इन्जिनियरका सहित १७० वटाजति संघसंस्था छन्, त्यसमध्ये दाह्री ग्याङ पनि एउटा हो,’ बिष्टले भने,‘हाम्रो अभियानमा रहेका युवाहरूले रकेट बनाउँदै हुनुहुन्छ। त्यसबारे प्रधानमन्त्रीलाई जानकारी दिन बालुवाटार गएका हौं।’
राष्ट्रका लागि युवा अभियानले वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसरमा मार्च १४ मा आफूले बनाएको रकेट सार्वजनिक गर्न लागेको उनले बताए। त्यसको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
अनि दाह्री ग्याङ?
दाह्री ग्याङ पनि आफूहरूले सामाजिक काम गर्नका लागि बनाएको बिष्टले बताए।
‘एकचोटीमा दाह्री काट्दा सय रुपैयाँ खर्च हुन्छ। बरू एकचोटी दाह्री नकाटौं र जोगिएको पैसाले समाजसेवा गरौं भनेर यो ग्याङ बनाएका हौं,’ उनले भने,’यसमा अहिले ३ हजार जति सदस्य हुनुहुन्छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्