कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।

छलफलमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको छ । यसमा सहमति भइसकेको छैन । भोलिसम्म यसलाई टुंग्याउने सहमति भएको छ ।’

ads

ads