मदनकृष्ण श्रेष्ठको श्वरमा ‘फुलबुट्टे सारी’ सार्वजनिक

कलाकार मदनकृष्ण श्रेष्ठको श्वरमा ‘फुलबुट्टे सारी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। राजन राज सिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल भर्सन, फिमेल भर्सन र बेबी भर्सनमा पनि आइसकेको छ।

यस गीतको म्युजिक भिडियोमा मदनकुष्ण श्रेष्ठ र मिथिला शर्माको अभियन देख्न सकिन्छ । यो गीत मंगलबार देवीथान म्युजिक नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो सार्वजनिक भएको ७ घण्टाको समय सम्ममा यो गितले झण्डै २ लाखको भ्युज कमाएको छ।

ads

ads