राजधानीमा डेंगु रोगको त्रास फैलिएको छ

२३ भदौ, काठमाडौं । राजधानीमा डेंगु रोगको त्रास फैलिएको छ । ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएपछि राजधानीमा डेंगु रोगको त्रास फैलिएको हो । राजधानी बाहिरकेही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन ।

आइतबार एकैदिन राजधानीमा ३६३ जनाको डेंगु परीक्षण गराइएकोमा १९४ जनामा डेंगु रोग फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका सूचना अधिकृत रुपनारायण खतिवडाले बताए । त्यस्तै, शनिबार २९६ जनाको परीक्षण गराएकोमा १४४ जनामा डेंगु रोगको संक्रमण फेला परेको थियो ।

५६ जिल्ला भन्दा बढी फैलिएको सो रोगका कारण अस्पतालहरुमा बिरामीको भीड बढिरहेको छ । ७ हजार भन्दा धेरैमा फैलिएको सो संक्रमणका कारण ६ जनाको निधन भैसकेको छ ।

काठमाडौं उपत्यकामा समेत डुेँगुका रोगीहरु देखिएका छन् । उपत्यकामा देखिएका डेंगु रोगका कारण अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा स्वास्थ्य परीक्षण गराउनेहरु खचाखच देखिएका छन् ।

ads

ads